प्रधानमन्त्री देउवा स्वास्थ्य मन्त्रीसहितको जम्बो टोली लिएर दिल्ली प्रस्थान


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य मन्त्री विरोध खतिवडासहितको जम्बो टोली लिएर भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

३ दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको हो ।  भ्रमण टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित दर्जनौं व्यक्तिहरु रहेका छन् ।

टोलीमा स्वास्थ्य मन्त्री खतिवडा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव संलग्न छन् । त्यस्तै स्वास्थ्य सचिव पोखरेलसहित केही सचिवहरु समेत टोलीमा रहेका छन् ।

मुख्यसचिव शङ्करदास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, गृह सचिव टेकनारायण पाण्डे, कानून सचिव उदयराज सापकोटा समेत भ्रमण टोलीमा रहेका छन् । त्यस्तै अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डे र कृषि सचिव गोविन्दप्रसाद शर्मा देउवासँगै दिल्ली प्रस्थान गरेका हुन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीमा भारत भ्रमणमा निस्किएको हो ।

भारतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ सय डायलाइसिस मेसिन दिने भएको छ । त्यस्तै जिपी कोइरालालाई प्रतिष्ठानका रुपमा अगाडि बढाउने विषयमा सहमति हुने छ । साथै दुई देशका एमडिएमएस विद्यार्थीलाई दुवै देशले दुईतिरकै मान्यता दिने समझदारीमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री देउवा नेतृत्वको भारत भ्रमणमा हिँडेको टोलीलाई सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँणलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ