भारतीय पर्यटन राज्यमन्त्रीले स्वागत गर्दा स्वास्थ्यमन्त्री खतिवडा मख्ख


काठमाडौं । जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गरेर भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँगै रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा दिल्लीमा स्वागत गर्दा मख्य परेका छन् । नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गर्दा स्वास्थ्यमन्त्री खतिवडा मख्ख परेको फोटोमा देख्न सकिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवाको टोलीलाई राज्यमन्त्री भट्टले विमानस्थलमा स्वागत गरेका हुन् ।

प्रधानमन्त्री देउवाको आजै भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट हुँदैछ । त्यसपछि उनी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा जानेछन् ।

प्रधानमन्त्री देउवाले भोलि  ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच स्वास्थ्यसहितका केही महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ