बालबालिकाको स्वास्थ्यसहितका हरेक पक्षलाई ध्यानमा राखी बाल स्वास्थ्य नर्सिङ्ग सप्ताह सुरु
काठमाडौं । बालबालिकाको स्वास्थ्यसहितका हरेक पक्षलाई ध्यानमा राखी बाल स्वास्थ्य नर्सिङ्ग सप्ताह (Pediatric Nurses Week 2023) सुरु भएको छ ।
प्रत्येक वर्ष फागुन १६ देखि २२ गतेसम्म मनाइने सप्ताह अन्तर्गत बच्चा जन्मेदेखि नै उनीहरूको स्वास्थ्य, अधिकार, पालनपोषण लगायतका विषयमा नर्सहरूले निर्वाह गर्ने भूमिका र सेवाको वकालत गर्ने गरिन्छ ।
वि.सं. २०७४ फागुन २२ मा पेड्रियाट्रिक नर्सेस एसोसिएसन अफ नेपाल (Pediatric Nurses Association of Nepal) स्थापना भएको सम्झनामा यो सप्ताह मनाउने गरिन्छ ।
एसोसिएसनका अध्यक्ष अप्सरा पाण्डेले यस वर्षको बाल स्वास्थ्य नर्सिङ्ग सप्ताह विविध कार्यक्रम मनाउन लागिएको बताइन् ।
यसवर्षको बाल स्वास्थ्य नर्सिङ्ग सप्ताहको नारा : किशोर किशोरीहरूको स्वास्थ्यको वर्तमान र भविश्यका चुनौतीहरूलाई सम्बोधन गर्न बाल स्वास्थ्य नर्सहरूको भूमिका (Pediatric Nurses Role: Addressing Current and Future Role in Adolescent Health) रहेको छ ।
आफ्नो स्थापना कालदेखि नै बाल बालिकाको स्वास्थ्य, संरक्षण र सर्वाङ्गिण विकासको क्षेत्रमा क्रियासिल नर्सहरूको संस्था (Pediatric Nurses Association of Nepal) ले बिगत पाँच वर्षदेखि बालबालिका र किशोरकिशोरीहरूको स्वास्थ्य, संरक्षण र सर्वाङ्गिण विकासका साथै यस क्षेत्रमा काम गर्ने नर्सहरूको भूमिकाको बारेमा आवाज बुलन्द गर्ने र नीति निर्माणमा वकालत गर्ने उदेश्यले यो सप्ताह मनाउन लागि अध्यक्ष पाण्डेको भनाइ छ ।
मङ्गलवार मिडिया/सामाजिक सञ्जालमार्फत प्रचार प्रसार अभियान, विद्यालयका बालबालिकाको स्वास्थ्य परीक्षण, कार्यशाला, भर्चुअल सेमिनार, किशोरकिशोरीको स्वास्थ्यसम्बन्धी अन्य अन्तरक्रिया लगायतका कार्यक्रमसहित यो सप्ताह देशैभर मानाउने योजना छ ।
बाल स्वास्थ्य नर्सिङ्ग अध्ययनरत विद्यार्थीहरूको पनि छुट्टै अध्याय/इकाई (PNAN Students Chapter) को विकास गरी सक्रिय गराइएको भन्दै अध्यक्ष पाण्डेले अस्पतालमा नवजात शिशुको स्याहारमा नर्सहरू खटिदै आएको बताइन् ।
उनले भनिन्, ‘बाल स्वास्थ्य नर्सिङ्ग विभिन्न नर्सिङ्ग विधामध्येको एक हो । नर्सिङ्ग परिषदमा पनि यो विधा छुट्टै दर्ता भइसकेको छ । बाल स्वास्थ्य, नवजात शिशु स्याहारमा खटिने नर्स, दीर्घरोग भएका बालबालिका, शिशु जन्मेदेखि चाहिने खोपको आवश्यकता, बालबालिकाको हरेक पक्षका लागि नर्सहरूको आवश्यकतालाई वकालत गर्न यो सप्ताह मनाइँदै छ ।’
उनले सप्ताहको अन्तिम दिन फागुन २१ मा कान्ति बाल अस्पतालको सेमिनार हलमा समापन समारोहको आयोजना गरिएको तथा सोहि दिन पाँचौ साधारण सभा पनि गरिने जानकारी दिइन् ।
अध्यक्ष पाण्डेले फागुन २२ गते होली पर्व भएकाले २१ फागुनमै सप्ताह समापन गरिनेछ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस