बैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार धरौटी माग्यो


काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा परेका मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार धरौटी मागेको छ। अन्तःशुल्क स्टिकर खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेर निलम्बनमा परेका अर्याल आइतबार विशेष अदालतमा उपस्थित भएका थिए। बयान र थुनछेक बहसपछि विशेषले अर्यालसँग ५० हजार रुपैयाँ धरौटी मागेको हो।

अख्तियारले डा. अर्यालसहित केही उच्च अधिकारीविरुद्ध गत असार ९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। नेपालको इतिहासमै भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा पर्ने अर्याल पहिलो मुख्यसचिव हुन्।

अख्तियारले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित ११ जनालाई प्रतिवादी बनाएको छ। अख्तियारले उनीहरुविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ। उक्त मुद्दामा अहिले विशेषले भटाभट बयान लिने काम गरिरहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ