एक महिना लगाएर घोषणा गरेको कार्यक्रम बीमामा ५ लाख पुर्याउने, बाँकी सबै जनता झुक्याउने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको एक महिना हात्ति आयो फुस्सा भएको छ । ढेड घण्टा लगाएर स्वास्थ्यका नीति तथा कार्यक्रम प्रस्तुत गरेका पौडेलले नयाँ कुनै योजना दिन सकेनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको एक महिना पुगेपछि उनले आफ्नो कार्यकालमा गर्ने कार्यक्रमहरुको फेरिस्त सुनाएका थिए । कति हो कति कार्यक्रम प्रस्तुत गरेका उनले सबै विगतका मन्त्री तथा कर्मचारी आफैले सुरुवात गरेका थिए ।

जनताले दिनहुँ भोगेका स्वास्थ्य उपचारको समस्यालाई सम्बोधन गर्ने कुनै कार्यक्रम ल्याएनन् । दातृ निकायको हस्तक्षेप रोक्ने कुनै योजना सुनाएनन् । बर्षौ अगाडि सेवाबाट अवकाश भएका डाक्टरले बनाएको योजना पढ्ने बाहेक पौडेलेका व्यक्तिगत भिजन यसमा देखिएन ।

नीति तथा कार्यक्रमको शैलीमा आएको योजना तयार पार्ने व्यक्तिलाई नै जानकारी नभएर तयार पारेको स्पष्ट हुन्छ । मिडियाको आशिर्वाद पाएका पौडेललाई जति वर्ष पुरानो ल्याए पनि उनैको योजना जस्तो भएको छ । उनले आफैले पत्रकार सम्मेलनमा स्वास्थ्य बीमाको दायरालाई ५ लाख पु¥याइने बताए । हाल दायरा १ लाख रहेको छ । यो बाहेक कुनै पनि नयाँ कुरा उनले ल्याएनन् ।

स्वास्थ्य बीमाको हालको दायरा ५ लाख बनाउने गरी फराकिलो बनाउन, सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आवद्धतालाई द्रुत गतिमा बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र सह—भुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन स्वास्थ्य बीमाको नीतिगत र कानुनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ, मन्त्री पौडेलले भनेका छन् । त्यस्तैः सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमाभित्र ल्याउने घोषणा समेत गरेका छन् ।

अस्पतालमा सिटी, एमआरआइको समय पाउन हप्तौं कुर्नुपर्ने बाध्यता गरिब जनतामा छ । नीजि अस्पतालमा एकै छिनमा पाउने सेवा सरकारीमा १५ दिनमा पनि पाउन सकेका छैनन् । यसलाई एकै दिनमा सेवा दिने वातावरण मिलाएको छु भन्ने जस्ता जनतासँग जोडिएका कार्यक्रम ल्याउन नसक्नु भनेको मन्त्री निश्चित असफल हुनु हो । सधैभरी मिडियाले काँध थापेर सफल हुने अवस्था अहिले छैन । सफल हुन काम गर्नैे पर्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ