गोविन्दबहादुर कार्की सचिवमा बढुवा
काठमाडौं । बागमती प्रदेशका कायममुकाय सचिव गोविन्दबहादुर कार्की सचिवमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठक कमलप्रसाद पोखरेल, कार्की र लुम्बिनी प्रदेशका कायममुकायम प्रमुख सचिव महादेव पन्थको नाम सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को बैठकले कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
भोजपुरमा जन्मिएका कार्की ल्हासाको महावाणिज्यदूत समेत भइसकेका व्यक्ति हुन्। उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै बागमती प्रदेशको कायममुकायम प्रमुख सचिव बनेका हुन्। कार्की ल्हासाबाट फर्किएपछि कोशी प्रदेशमा गएर काम गरेका थिए। उनी २०२७ पुसमा जन्मिएका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस