राहत वितरणमा भीम उपाध्यायले पारदर्शिता देखाए, सार्वजनिक गरे वितरणको विवरण
काठमाडौं । विपद्को मौका छोप्दै राहत वितरणका नाममा ‘हजाम’ गर्नेको संख्या बढिरहेका बेला पूर्वसचिव एवं समाजिक अभियान्ता भीम उपाध्यायले फरक शैली अपनाएका छन्। विपद्मा कमाउने खेती गर्नेहरुलाई सवक सिकाउने गरी उनले राहत वितरण गरेको विवरण सार्वजनिक गरेका हुन्। उपाध्यायले अपनाएको पारदर्शी शैलीले अन्यलाई पनि दबाव सिर्जना गरिदिएको छ।
बाढीपहिरोको विपद्पछि राहत र पुनःस्थापनामा पूर्वसचिव उपाध्यायले निकै सक्रियता देखाएका छन्। विपद्को बेला मुख्यसचिव एकनारायण अर्याल पञ्चेबाजामा गृह जिल्ला स्याङ्जामा रमाइरहँदा उपाध्याय भने विपद्मा परेकाहरुको अपडेट गर्न तल्लिन थिए। अहिलेसम्मको सक्रियता हेर्दा उनले विपद्मा पीडितको पक्षमा अविभावकीय भूमिका खेलेको देखिन्छ। आफूले गरेको राहत वितरणको सूची सार्वजनिक गर्नुले उपाध्याय पारदर्शी र जवाफदेही रहेछन् भन्ने प्रस्ट हुन्छ।
पूर्वसचिव भीम उपाध्याय मार्फत वितरण भएको राहतको रकम
१. तेह्रथुमका पहिरो पीडितलाई १० हजार रुपैयाँ
२. बाजुराकी १५ वर्षीया पति पत्तो नलागेको सुत्केरी बालिकालाई १० हजार रुपैयाँ
३. धादिङको बाढीपहिरो पीडितलाई १५ हजार रुपैयाँ
४.बाढीपहिरोबाट मृत्यु भएका पीडीत बनेपाको एक परिवारलाई किरिया खर्च ५ हजार रुपैयाँ
५, ईमाडोलका बाढीपीडित परिवारहरूलाई डसना कम्बलका लागि ३० हजार रुपैयाँ
६. पहिरो पीडित गोदावरी नगरपालिकाको एक परिवारलाई ४ हजार रुपैयाँ
७. बाढीपहिरो पीडितका लागि विभिन्न राहत सामाग्री वितरण र भोजन ढुवानी गराउन ३ दिनका लागि गाडी भाडा ९ हजार रुपैयाँ
८. पाँचथरको ३ पहिरो पीडित परिवारलाई राहत ९ हजार रुपैयाँ
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस