नारायणकाजी श्रेष्ठले रोकेको विभूषण रमेश लेखकले बाँड्ने भए
काठमाडौं। सरकारले विभूषण वितरण गर्नका लागि तयारी थालेको छ। मन्त्रिपरिषद्को बैठकले विभूषण समितिमा डा. लवदेव अवस्थी , गोपीनाथ मैनाली, उमेशराज जोशी, सुरेन्द्रकुमार झा र योगेन्द्र गुरुङ र शर्मिला कार्कीलाई विभूषण समितिको सदस्य तोकेको छ। उक्त समितिले विभूषण बाँड्न सिफारिस गरेको छ।
तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले रोकेको विभूषण रमेश लेखकले बाँड्ने भएका छन्। यसको तयारीस्वरूप गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विभूषण समितिको सदस्य थप गर्ने निर्णय गरेको हो। तत्कालीन गृहमन्त्री श्रेष्ठले निश्चित मापदण्ड तय गरेर मात्र विभूषण बाँड्ने भन्दै त्यसलाई रोकेका थिए। तर, गृह मन्त्रालयले अहिले प्रक्रिया अघि बढाएको छ।
मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र ( सिटिईभिटी)को उपाध्यक्षमा ओमप्रसाद बराललाई मनोनयन गर्ने निर्णय गरेको छ। नेपाल स्वास्थ्य सेवा ऐनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको हो। स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई इन्डोनेसियाको बाली घुम्न जानका लागि पनि मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ।
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेशप्रसाद आचार्य र सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारी पौडेललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस