प्रधानमन्त्री ओलीका बुबा शिक्षण अस्पताल भर्ना
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनका बुबा मोहनप्रसाद ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो।
प्रधानमन्त्री ओलीले बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको समाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। बुबाको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस