सूर्य आचार्य Archives - स्वास्थ्य लाइभ || Swasthya Live

बरियता मिचेर अवकाशको मुखमा सचिव बनाउने प्रवृत्ति रोकिएन, योपटक डा. घिमिरे पुरस्कृत
काठमाडौं। सरकारले बरियता मिचेर अवकाशको मुखमा रहेका डा. रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरेको छ। अवकाशमा जान २ साता मात्र बाँकी रहेका घिमिरेलाई सचिव बनाएर सरकारले पुरस्कृत गरेको हो।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिवमा बढुवा भएका डा. घिमिरेलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो। बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव दिनानाथ मिश्रलाई छाडेर मन्त्रिपरिषद्को बैठकले दोस्रो नम्बरमा रहेका घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। तेस्रो नम्बरमा भने ऊर्जातिरका सहसचिव मधुप्रसाद भेटवालको नाम सिफारिस भएको थियो। पहिलाे नम्बरमा सिफारिस भएका मिश्रलाई सचिव बनाएको भए डा. घिमिरे सचिव हुन पाउँदैन थिए। तर, बरियता मिचेर मन्त्रिपरिषद्को बैठकले उनलाई दुई हप्ते सचिव बनाउने निर्णय गरेको हो।

बरियता मिचेर सचिवमा बढुवा भएका खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरे खानी तथा चुनढुंगा दोहन प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर सफाइ पाएका व्यक्ति हुन्। घिमिरेले उक्त भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेषको फैसला उपर सर्वोच्च अदालत गएको छ। सर्वोच्चमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेका उनै घिमिरेलाई बरियता मिचेर दुई हप्ते सचिव बढुवा गरेर सरकारले पुरस्कृत गर्नु रहस्यको विषय हो।

बरियता मिचेर सचिव बनाएर घर पठाउने यो नयाँ प्रवृत्ति भने हैन मितव्ययिता र सुशासनको पक्षमा वकालत गर्ने सरकारले पुरानै प्रवृत्तिलाई निरन्तरता दिनु प्रश्नयोग्य कुरा हो।

अहिले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष रहेका महाश्रम शर्मालाई अवकाश कै दिन सचिवमा बढुवा गरियो। बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेका शर्माले ६/७ घण्टाका लागि नेपाल सरकारको सचिव हुने सौभाग्य प्राप्त गरेका थिए।

अर्थ मन्त्रालयका सहसचिव सूर्य आर्चायलाई पनि अवकाशको ३ दिन अगाडि सचिव बढुवा गर्ने निर्णय गरिएको थियो। अवकाशको मुखमा विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरेर सरकारले आचार्यको मान पतिष्ठा र पेन्सन सुविधा बढाइदिएको थियो। राज्यले आचार्यलाई सचिव बनाउँदा केही नपाएपनि अवकाशको मुखमा रहेका उनले भने धेरै थोक पाए।

अवकाशको ४ दिन अगाडि शंकरप्रसाद खरेललाई पनि बरियता मिचेर सचिव बनाइएको थियो। सचिव बढुवाको सिफारिसमा तेस्रो नम्बरमा रहेका खरेललाई ४ दिने सचिव बनाउने शुक्रबार मन्त्रिपरिषद्को बैठक बोलाएर बढुवा गर्ने निर्णय गरिएको थियो। अहिले रक्षा मन्त्रालयको सचिव रहेका रामेश्वर दंगाल र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव रहेका मुकुन्दप्रसाद निरौलापछि सचिव बढुवामा सिफारिस भएका खरेल रातारात सचिवमा बढुवा भएर पेन्सन बढाएर बिदाई भएका थिए। राष्ट्रपति रामचन्द्र पौडेल निकट ४ दिने सचिव खरेल अहिले निर्वाचन आयोगको आयुक्त वा दिनेशकुमार थपलियापछिको प्रमुख पछाडि प्रमुख आयुक्त भएर जाने कसरतमा लागेको चर्चा छ।

श्री आचार्यले पनि बरियता मिचेर १ हप्ते सचिव बनेको ‘रेकर्ड’ राखेका छन्। यो विकृति र विसङ्गतिको हिस्सेदार उनी पनि बनेका छन्।

अहिले लोक सेवा आयोगको सदस्य रहेका वीरबहादुर राईलाई पनि बरियता मिचेर ३ हप्ते सचिव बनाईएको थियो। आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका राई चन्द्रमान श्रेष्ठ र अहिले गृह सचिव रहेका गोकर्णमणि दुवाडीलाई पछाडि पार्दै सचिवमा बढुवा भएका थिए। मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सचिव बढुवाका लागि पहिलो नम्बरमा सिफारिस गरेका श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको भए राई सचिव बन्ने थिएनन्। तर, सचिव बढुवाको तेस्रो नम्बरमा रहेका राईलाई सरकारले ३ हप्ते सचिव बनाएर पुरस्कृत गरेको थियो। बरियता मिचेर केही दिने सचिव बनाउने यो विकृत प्रवृत्तिले अहिले पनि निरन्तरता पाएको छ। त्यसको लाभ लिने सूचीमा डा. घिमिरे थपिएका छन्।

The post बरियता मिचेर अवकाशको मुखमा सचिव बनाउने प्रवृत्ति रोकिएन, योपटक डा. घिमिरे पुरस्कृत appeared first on स्वास्थ्य लाइभ || Swasthya Live.