बीपी प्रतिष्ठानमा खनाल-ठाकुरको मिलेमतोमा अनियमितता भएको अख्तियारको प्रारम्भिक निष्कर्ष

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन कार्यवाहक उपकुलपतिको गुरू खनाल र डेपुटी अस्पताल निर्देशक दिलीप ठाकुरको मिलेमतोमा अनियमितता भएको अख्तियारको प्रारम्भिक निष्कर्ष छ ।

स्वास्थ्य लाइभले किटको नमूना नै नहेरी खनाल र ठाकुरको मिलेमतोमा खरिद गरेको खुलासा गरेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बीपी प्रतिष्ठानको कागजात नियन्त्रणमा लिएर छानबिन सुरू गरेको थियो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बीपी प्रतिष्ठानको कागजातमाथि अनुसन्धान गर्दा प्रारम्भिक रूपमा अनियमितता देखिएको पुष्टी गरे । अनुसन्धान कै क्रममा भएकाले धेरै कुरा बोल्न नमिलने उनको भनाइ छ ।
अब अख्तियारले बीपीको कागजातमाथि बिस्तृत छानबिन थाल्ने र आरोपित व्यक्तिलाई बोलाएर बयान लिने सम्भावना बढेको छ ।
बीपीका तत्कालीन् उपकुलपति डा. खनाल, तत्कालीन् डेपुटी अस्पताल निर्देशक डा. ठाकुर र खरिद शाखा प्रमुख सागर ताम्राकारको मिलेमतोमा प्रतिष्ठानमा प्रयोग हुने प्रयोगशाला किट खरिद गर्दा नमूना नै परिक्षण नगराई खरिद गर्ने गराउने गरेको आन्तरिक लेखा परीक्षण प्रतिवेदनले औँल्याएको छ । स्वास्थ्य लाइभलाई प्राप्त बीपीको आन्तरिक लेखा परीक्षण रिपोर्टअनुसार प्रयोगशाला किट खरिदको निमित्त आव्हान गरिएको २०१९००००१६ नम्बरको बोलपत्र राज ट्रेड कन्सर्न, गर्ग इम्पेक्स र गौतम इन्टरनेसनललाइ परेको देखिन्छ । १ करोड २१ लाख ७१ हजार ८ सय ५७ रुपैंयाँ लागत अनुमानको बोलपत्र स्वीकृत भएपछी कम्पनीले नमूना नै नदेखाई खरिद गरेको पाइएको छ ।

ठाकुरसँगको मिलेमतोमा नमूनाको जाँचबिनै प्रयोगशाला किट लगाएका सामग्री का.वा. उपकुलपति डा. खनालले स्वीकृत गरे गरेको तथ्य फेला परेको हो ।
व्यापारीलाई नै बनाउन दिए स्पेसिफिकेसन स्वास्थ्य सामग्री खरिद गर्न गरिएको २०१९००००२१ नम्बरको बोलपत्र गर्ग इम्पेक्सलाई परेको आन्तरिक लेखापरीक्षण रिपोर्टबाट प्रस्ट हुन्छ । २ करोड ८२ लाख २६ हजार २७० को ठेक्कामा का.वा. उपकुलपति खनालले एकपटक बोलपत्रको सूचना निस्किसकेपछी व्यापारीसँग कमिसन बार्गेनिङ गरेर व्यापारीले भने अनुरुप नै स्पेसिफिकेसन शंसोधनगरी यसमा लाखौँ अनियमितता भएको अनुमान गरिएको छ । यो अनियमिततामा उनका विश्वास पात्र डा. ठाकुरको विशेष भूमिका रहेको प्रतिष्ठान उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

यता तत्कालीन् का. वा. उपकुलपति र खरिद प्रमुखद्वारा खरिद कागजात नै गायब बनाएको पाइएको छ ।
आन्तरिक लेखा परीक्षण रिपोर्टअनुसार स्वास्थ्य सामग्री (ब्यान्डेज, कटन,लगायत) को खरिदका लागि आव्हान गरिएको १०१९००००० नम्बरको बोलपत्रमा राज ट्रेड कन्सर्नका बोलपत्र स्वीकृत भएको थियो । तर अहिले १ करोड ३० लाख ३७ हजार ३ सय ७५ रुपैयाँको यो बोलपत्रमा सबै कागजात गायब छन् । त्यसैगरी का.वा. उपकुलपति डा. खनालले अनियमित तवरले भुक्तानी दिएको सरसफाई ठेक्कासम्बन्धी कागजातहरु समेत गायब रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
तत्कालीन् उपकुलपति डा. राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि २०७६ साउन १ देखि चैत्र २६ गतेसम्मको ९ महिना डा. खनाल कार्यवाहक उपकुलपति भएको समयको आन्तरिक लेखा परिक्षणको प्रतिवेदनले डा. खनालका अनेकौं अनियमितताहरु उजागर गरेको छ ।
अख्तियारबाट प्राप्त बीपी प्रतिष्ठानको आन्तरिक लेखा परिक्षणको प्रतिवेदन स्वास्थ्य लाइभसँग सुरक्षित छ ।
क्याटेगोरी :
मेडिकल शिक्षा,
समाचार
तपाईको प्रतिक्रिया दिनुहोस