स्वास्थ्य मन्त्रालय कांग्रेस कै भागमा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तत: कांग्रेस कै भागमा परेको छ । स्वास्थ्य मन्त्रालयमा तीन दलको हानाथापकाबीच अन्तत: कांग्रेसले नै पाउने भएको हो ।

मन्त्रालय टुंगो लगाउने बसेको गठबन्धनको बैठकमा स्वास्थ्य मन्त्रालयमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले दाबी गरेको थियो । गठबन्धन बैठकमा सहभागी एक नेताले स्वास्थ्य लाइभसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयमा सबैको दाबी रहेको बताएका थिए ।

कांग्रेसले नछाड्ने र अरूले जसरी पनि पाउनु पर्ने अडान लिएपछि स्वास्थ्य मन्त्रालय चर्चामा आएको हो । स्वास्थ्यमा तीन दलले दाबी गरेपनि कांग्रेसले लिने सहमति भएको हो । कांग्रेसको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि परेको छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ