एयर इन्डियाको जहाजमार्फत १० लाख डोज भारतीय कोभिसिल्ड खोप आइपुग्यो

काठमाडौं । सरकारले भारतीय सेरम कम्पनीसँग किनेको १० लाख डोज कोभिसिल्ड खोप साढे दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।
एयर इन्डियाको जहाजमार्फत १० लाख डोज कोभिसिल्ड खोप आइपुग्ने भएको हो । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भारतबाट १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको पुष्टी गरे ।
गत २०७७ माघ ५ गते सरकारले भारतीय कम्पनी सेरमसँग कोभिसिल्ड खोप किन्ने सम्झौता गरेको थियो । प्रतिडोज ४ डलर रुपैयाँमा किन्ने सम्झौताभएको कोभिसिल्ड खोप ९ महिनापछि नेपाल आइपुगेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस