टेकुमा निर्देशक डा.अनुप बाँस्तोलाले लगाइदिए सहकर्मीलाई टीका

काठमाडौ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पतालका स्वास्थ्यकर्मीले अस्पतालमै बडा दसैं मनाएका छन् । अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले उनीहरुलाई अस्पतालमै पुगेर टीका र जमरा लगाइदिएका हुन् । बिहान साइतकाे टीका घरमा लगाएर निर्देशक डा. बाँस्तोला अस्पताल पुगी सहकर्मीलाई टीका लगाइएका हुन् ।
निर्देशक डा. बाँस्तोलाले दसैंको टीका लगाएर सहकर्मीमाझ खुसी साटासाट गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस