औषधि बाँड्दै हिड्ने इनरुवाका सोमराजको निधन
सुनसरी । सुनसरीको इनरुवामा औषधि बाँड्दै हिड्ने डाक्टर बस्नेतका रुपमा परिचित सोमराज बस्नेतको निधन भएको छ ।
इनरुवाका घर-घरमा औषधि बाँड्दै हिड्ने बस्नेतको सोमबार इनरुवामै निधन भएको हो । उनको अन्तिम संस्कार ३ बजे सुनसरी खोलामा हुने पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौंको चोभारमा जन्मिएर समाजसेवा गर्न सुनसरी झरेका बस्नेतले भारतबाट औषधि ल्याइ इनरुवा र मधेषाका गाउँ-गाउँमा पुगेर औषधि वितरण गर्ने गरेको स्थानीयहरू बताउँछन् । खासगरी सर्पको टोकाईबाट हुने मृत्यु रोक्न डा. बस्नेतको विशेष भूमिका रहेको इनरुवाका स्थानीयहरुको भनाइ छ ।
डा. बस्नेतले औषधि दिएर सुनसरीमा सयौंको संख्यामा सर्पदंशका बिरामी जोगाएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस