अमेरिकाले दिने फाइजरको खोप भोलि बिहान काठमाडौं आइपुग्ने

काठमाडौं । अमेरिकाबाट भोलि बिहान १ लाख ६ सय २० डोज फाइजरको खोप काठमाडौं आइपुग्ने भएको छ । कतार एयरलाइन्सको फ्लाइट नम्बर ६४८ मार्फत फाइजरको उक्त खोप सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएको हो ।
कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले दिन लागेको फाइजर खोप लगाउने मिति सरकारले तय गरेसँगै भोलि बिहान कतार एयरमार्फत १८ बक्सा खोप नेपाल आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले स्वास्थ्य लाइभलाई जानकारी दियो ।
भोलि बिहान आउन लागेको फाइजरको उक्त खोप विश्व मधुमेह दिवसको दिन पारेर कार्तिक २८ देखि मंसिर ३ सम्म पहिलो मात्रा लगाउने सरकारी कार्यतालिका रहेको छ ।
क्याटेगोरी : जीवनशैली, विविध, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस