सन्दर्भ: विश्व पक्षघात दिवस
मष्तिष्कघातबाट बच्न के गर्ने के नगर्ने
आज अक्टोवर–२९, विश्व पक्षघात दिवस विश्वभर विभिन्न कार्यव्रmम गरेर मनाईदै छ । यस वर्षको मुख्य नारा समयमूल्यवान भन्ने छ । जसको अर्थ समयमै पक्षघातको लक्षणहरु पहिचान गरेर विरामीलाई अस्पताल लगेमा दिमागको नसाहरु निष्क्रिय हुनबाट बचाउन सकिन्छ । जसले गर्दा मष्तिष्कघात बाट हुने दुर्गामी असर बाट वच्न सकिन्छ ।
विश्वको परिप्रेक्षमा हेर्दा हरेक वर्ष एक करोड तीस लाख मानिसलाई मष्तिष्कघात हुन्छ । यसले गर्दा वर्षेनी ५५ लाख मानीसलाई मृत्युको मुखमा पु¥याउछ । हरेक ६ सेकेन्डमा एकजना लाई मष्तिष्क घातले असर गर्दछ र हरेक ४ जनामा एक जनालाई मष्तिष्कको लक्षण देखिन्छ । संसारमा पक्षघात मुटुको रोग पछी दोस्रो ठूलो मृत्युको कारण हो । यो तथ्यांक हेर्दा मष्तिष्कघातको असर भयावह रुपमा देखिन्छ र खासगरी अल्पविकसीत र विकासोन्मुख देशमा सम्पूर्ण मष्तिष्कघात मध्ये ८० प्रतिशत मष्तिष्कघातका विरामीहरु भटिन्छन् ।
सन् २०१८ को आंकडा हेर्दा सम्पूर्ण मृत्युको ९ प्रतिशत मृत्यु (१६२०३) जना स्ट्रोकको कारण भएको देखिन्छ र सोही सालमा अन्दाजी ३२ हजार स्ट्रोकले प्रभावीत भएको देखिन्छ । पछिल्लो अध्यनमा पक्षघातको २.४% देखिन्छ र हरेक १ लाख मा अन्दाजी ३ हजार जनामा समुदायमा पक्षघातको विरामी भटिन्छ ।
पक्षघात किन हुन्छ ?
मष्तिष्कघात÷पक्षघात हुनुको कारण धेरै जसो ७० प्रतिशतमा मष्तिष्कमा रगत संचालन हुने नसा बन्द हुनु हो । जसलाई हामी इस्केमिक स्ट्रोक भन्दछौं र ३० प्रतिशत रगतको नसा फुट्ने हुन्छ । त्यसलाई हेमोरेजीक स्ट्रोक भनिन्छ । नसा बन्द भएपछी जुन ठाउँको रगत संचालन बन्द भयोे त्यही मष्तिष्कको हिस्साले गर्नुपर्ने काममा असर आउँछ र विभिन्न लक्षणहरु देखिन्छ । सामान्यतय मष्तिष्कघातका प्रमुख लक्षणलाई स.अ.ज.ब.ह.स भनेर सम्झनु भएमा यसका लक्षणहरु पहिचान गर्न सजीलो हुन्छ ।
स–सन्तुलन गुम्नु
अ– अनुहार बांगोहुनु
ज–आँखाको ज्योती गुम्नु
ब– बोली लरबराउनु
ह–हात खुट्टा लुलोहुनु
स–समयमा उपचार गराउनु
पक्षघातका कारक तत्वहरु के–के हुन् ?
विभिन्न जोखिम कारक तत्वले पक्षघात हुनसक्छ उक्तरक्तचाप मधुमेह, मोटोपना, धुम्रपान, निश्व्रिृmय जीवन पद्वती, अस्वस्थ आहार र मुटुको चालको गडबढि मुख्य कारक तत्वहरु हुन् । यी सबै कारक तत्वहरुलाई नियन्त्रण गरेमा हामी ८० प्रतिशत मष्तिष्कघात बाट बच्नसक्छौं । यदि तपाईलाई आफ्नो मष्तिष्कघातको हुन सक्ने सम्भावनाको आकलन गर्न इच्छा छ भने स्ट्रोक रिस्कोमिटर मोबाईल एप निशुल्क नेपाली भाषामा पनी पाउन सकिन्छ ।
मष्तिष्कघातको उपचार कसरी गरिन्छ ?
यदि कसैको परिवारको सदस्य वा समुदायको कसैलाई माथि उल्लेखित लक्षण देखेमा तुरुन्त अस्पताल जानुपर्दछ । अस्पतालमा आकस्मीक कक्षमा तपाईको प्रारम्भीक जाच गरिन्छ र सि.टि स्क्यान वा एम. आर. आई गरेर कुन प्रकारको मष्तिष्कघात हो, छुट्याईन्छ । यदि मष्तिष्तघात इस्केमिक हो भने रगतको ढिक्का फटाउने औषधी दिएर बन्द भएको नसालाई खोल्ने प्रयास गरिन्छ । यदि ठुलो नसा बन्द छ भने औषधीको साथै विरामीलाई क्याथल्याव रगतको ढिकालाई विषेश प्रकारको पाईप वा जाली प्रयोग गरेर नसा खुलाउने प्रयास गरिन्छ ।
समय मै (मष्तिष्कघात भएको ४ः३० घन्टा भित्र) हामी अस्पताल पुग्यो भने उक्त उपचारको लाभ लिन सक्छौ र मष्तिष्कघात बाट हुने दुरगामी असर र प्यरालाईसिस बाट बच्न सक्छौ । मष्तिष्कघात फेरि नदोरीईयोस भनेर रगत पातलो गर्ने औषधीहरु दिइन्छ र साथै जोखिमका कारण विशेष गरि उक्त रक्तचाप र मधुमेहको उचित नियन्त्रण गरिन्छ । अस्पतालमा र अस्पतालबाट डिस्चार्ज भएपछि पनि फिजीयोथेरापीका साथै पुर्नस्थापनामा विशेष जोड दिईन्छ ।
नेपालमा पक्षघात उपचारको अवस्था र चुनौती
नेपालको देशको भौगोलीक अवस्था र विकाटता र उपचारको साधन श्रोतका साथै मानव शक्तिको अभाव पक्षघातको उपचारका चुनौतिहरु हुन् । यसका लागि सरकारी प्रतिबधताका साथै पक्षघातलाई जनसमुदायको आपतकालीन रोग पहिचान गरेर निम्न कदमहरु चाल्नुपर्ने देखिन्छ ।
- अहिले विद्घमान मानव स्रोत र सेवा सुविधाको आकलन गरेर आवश्यकता र विद्घमान अवस्थाको खाडललाई पहिचान गर्ने ।
- हरेक क्षेत्रीय स्तरमा कम्तिमा एक–एक ओटा पक्षघात उपचार गर्ने मिल्ने अस्पतालको विकास गर्ने र उपयुक्त उपचार र जनशक्ति लाई तालिम गराई चरण वद्घरुपमा पक्षघातको सेवा सुरु गर्ने ।
- जनमानसमा पक्षघातको जनचेतना फैलाउने ।
- देश व्यापिरुपमा पक्षघातको तथ्याङकलाई व्यवस्थापन गर्ने ।
- टेलिस्ट्रोक विकास गर्ने ताकि दुर्गम ठाउँमा यसको उपयोग गरि पक्षघातको विरामी लाई समयमै पहिचान गरि उपचार गर्ने सकियोस् ।
तपाईको प्रतिक्रिया दिनुहोस