काठमाडौं चिसिँदै, जाडोमा स्वास्थ्यको ख्याल गर्न विज्ञको सुझाव

काठमाडौं । काठमाडौं उपत्यकाको मौसम चिसिँदै गएको छ । शनिबार काठमाडौंको तापक्रम १० डिग्री आसपास पुगेको छ ।
हिजोभन्दा झन्डै दुई डिग्री सेल्सियस तापक्रम घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार १२.१ डिग्री सेल्सियस रहेको तापक्रम शनिबार १०.६ डिग्री सेल्सियसमा झरेको हो । जाडो बढेसँगै विभिन्न रोगले सताउने भएकाले सर्तक रहन र खानपानमा विशेष ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।
क्याटेगोरी : विविध, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस