अनामनगरमा आगो लाग्दा उमेश मैनालीका छोरा डा. सुयोगको क्लिनिकमा पनि क्षति
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतोको अफिस भने जोगियो

काठमाडौं । अनामनगरस्थित कार्की भवनमा गएराति लागेको आगोले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको छोराको निजी क्लिनिकमासमेत क्षति पुगेको छ ।
लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनालीका छोरा डा. सुयोग मैनालीले खोलेको काठमाण्डू क्लिनिक अफ कस्मेटिक सर्जरी (केसिसिएस) मा पनि आगो पसेर क्षति पुगेको हो ।
कार्की भवनको पहिलो तलमा रहेको जुक्ति फर्निचर महल आगोले जलेर पूर्ण रुपमा क्षति भएकाे छ । आगलागी भएको भवनको दोस्रो तलामा रहेको केसिसिएस क्लिनिकको केही भाग जलेको हो ।
मैनालीका छोरा डा. सुयोग र डा. इशा पौडेल कोइरा संलग्न रहेको क्लिनिकमा कपाल रोप्नेलगायतका सेवा प्रदान हुँदै आएको छ । फर्निचर महल भन्दा माथिल्लो तलामा रहेको उनको क्लिनिकमा पनि आगो सल्कदा क्षति पुगेको हो । मैनाली उक्त क्लिनिकका डाइरेक्टर हुन्
आगलागी भएको अनामनगरको पूर्वी गेट बाजेको सेकुवा नजिकै रहेको कार्की भनवमा पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतोको अफिसदेखि लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनालीका छोरा डा. सुयोगको क्लिनिकसम्म रहेको छ ।
हिजो राति कार्की भवनमा लागेको आगो सेना, प्रहरी र दमकल परिचालन गरेर केही समयमै नियन्त्रण गर्न सफल भएकाले निजी क्लिनिक पूर्ण रुपमा क्षति हुनबाट जोगिएको छ भने पूर्व स्वास्थ्यमन्त्री महतोको अफिसको भित्री भागमा आगो छिर्न पाएन ।
क्याटेगोरी : मेडिकल शिक्षा, विविध, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस