यी स्वास्थ्यकर्मीले लगाएनन् भाइटीका
स्वास्थ्य सचिव रोशन पोखरेलदेखि एनएमएका अध्यक्ष लोचन कार्कीसम्मले भाइटीका लगाएनन्

स्वास्थ्य सचिव डा. रोशन पोखरेल
काठमाडौं । यसपटकको भाइटीका स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरुले लगाएनन् ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलदेखि नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्ष डा. लोचन कार्कीसम्मले भाइटीका लगाएनन् ।

कोभिड १९ का कारण धेरैले आफन्त गुमाएर पनि यसपटकको तिहारमा भाइटीका नलगाउने स्वास्थ्यकर्मीको संख्या उलेख्य रूपमा घटेको हो ।
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसी, नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपाल, किष्ट मेडिकल कलेजका प्रमुख डा. बालमानसिंह कार्की, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीलगायतले यस पटकको भाइटीका नलगाएका हुन् ।

एनएचआरसीका सदस्य सचिव डा. प्रदीप ज्ञवाली

नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपाल
तपाईको प्रतिक्रिया दिनुहोस