सार्क राष्ट्रमा कोरोना नियन्त्रणमा भुटान अगाडि, नेपाल पछ्याउँदै
काठमाडौं । सार्क सदस्य राष्ट्रमा कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा भुटान अगाडि देखिएको छ ।
भुटानमा कोरोना संक्रिमत निको हुने दर सार्क राष्ट्रमै अगाडि देखिएको हो । भुटानाबाट कोरोना संक्रमित ९९.६ प्रतिशतले निको भएका छन् । मृत्यु हुनेको संख्या ०.३ प्रतिशत रहेको छ ।
भुटानपछि भारतले पनि कोरोना नियन्त्रण तथा रोकथाममा उलेख्यम प्रगति गरेको देखिन्छ । भारतमा कोरोना भाइरस संक्रमित निको हुने दर ९८. २ प्रतिशत रहेको छ ।
भारतपछि माल्दिभ्स र नेपालको कोभिड १९ रोकथाम तथा नियन्त्रणमा राम्रो प्रयास देखिन्छ । माल्दिभ्सको कोभिड संक्रमित निको हुने दर ९७.६ प्रतिशत रहेको छ भने नेपालको संक्रमित निको हुने दर ९७.४ प्रतिशत छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस