व्यवस्थापन महाशाखामा चाैरासिया, नर्सिङमा ढुङ्गाना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य सेवा विभागकाे आकर्षक महाशाखामा कर्मचारी हेरफेर गरेका छन् । आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानालाई नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा पठाएका छन् । त्यस्तै साेही शाखामा कार्यारत सुरेन्द्र चाैरासियालाई व्यवस्थापन महाशाखा लगीएकाे छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार व्यवस्थापन महाशाखा प्रमुखमा डा. रुद्र मरासिनीलाई पठाएकाे छ । डा. भीमसिंह तिंकरी १२ औं तहमा बढुवा भएपछि साे महाशाखा प्रमुख खाली थियाे ।
क्याटेगोरी : समाचार, सुशासन
तपाईको प्रतिक्रिया दिनुहोस