कांग्रेसको खुला केन्द्रीय सदस्यमा डाक्टरदेखि इन्जिनियरसम्म निर्वाचित


काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा डाक्टरदेखि इन्जिनियरसम्म निर्वाचित भएका छन् ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा डा. शशांक कोइरालादेखि इन्जिनियर मोहन आचार्यसम्म निर्वाचित भएका हुन् । डा. शशांक कोइराला १ नम्बरमा निर्वाचित भएका हुन्  भने इन्जिनियर आचार्य ३३ औं नम्बरमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।

कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका प्रभावशाली मन्त्रीहरूदेखि कांग्रेसका प्रभावशाली नेतासमेत प्रतिस्पर्धामा रहेका थिए । गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्र बडूलगायत पनि खुला ३५ भित्र उठेका थिए । उनीहरू पनि निर्वाचित भएका छन् ।

‘गुण्डा नाईके’का रुपमा परिचित गणेश लामा, नेविसंघका अध्यक्ष राजीव ढुंगाना, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, युवा नेता उदय शमशेर राणा, रामहरि खतिवडा, उमेशजंग रायामाझी, सुनिलबहादुर थापा हुँदै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीसमेत कांग्रेसको खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

‘टप टेन’भित्र शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी परेका छन् ।

यी हुन् खुला ३५ मा निर्वाचित केन्द्रीय सदस्यहरू (मतपरिणामसहित)

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ