स्वास्थ्यमा सरुवा आतंक: मन्त्रीले खाेसे सचिवकाे अधिकार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारी सरुवा आतंक सुरु भएकाे छ । स्वास्थ्यमन्त्री विराेध खतिवडा आएकाे दुईमहिना यता कर्मचारीले सहज रुपमा काम गर्न पाएका छैनन् । मन्त्री खतिवडाले सचिवकाे अधिकार साघुराे बनाईदिएका छन् ।
मन्त्री खतिवडाले सचिवस्तरमा हुने कामहरु सबै आफ्नाे नियन्त्रणमा लिएकाे बुझिएकाे छ । यसकाे पछिल्लाे एउटा उदाहरण कर्मचारी सरुवा हाे । सचिवस्तरकाे निर्णय हुने ठाउँमा मन्त्रीस्तरकाे निर्णय गराएका छन् । तर, विवादमा आउने देखेपछि सरुवा पत्रमा यश मन्त्रालयस्तरकाे निर्णय भन्ने शब्द राखेर सचिव, मन्त्री केही उल्लेख गरेका छैनन्।
मन्त्री खतिवडाले निजी सचिवका रुपमा उपसचिव राखेर काम गर्नु पर्नेमा लेखा अधिकृत राखेर काम गर्दै आएका छन् ।
ट्रमा सेन्टरमा लेखा अधिकृतकाे रुपमा काम गरेका मधु मिजारले कर्मचारी आतंकित बनाएकाे आराेप लाग्न थालेकाे छ । बुधबार मात्रै आफू अनुकुल नभएका केही उपसचिव र शाखा अधिकृत सरुवा गरिएकाे छ ।
मन्त्रीस्तरकाे निर्णय गर्दै उपसचिव भवनाथ खतिवडालाई मन्त्रालयकाे आन्तरिक प्रशासन शाखाबाट कान्ति बाल अस्पताल पठाईएकाे छ । प्रधानमन्त्री कार्यालयबाट दुईदिन अगाडि मात्रै स्वास्थ्यमा आएर जिम्मेवारी सम्हालेका उनलाई आफ्नाे सूचीबाहिरकाे कर्मचारी भन्दै कान्ति पठाइएकाे हो ।
त्यस्तै कर्मचारी प्रशासन शाखाका कार्यरत उपसचिव बाबुराम घिमिरेलाई आन्तरिक प्रशासन शाखामा ल्याईएकाे छ । उनकाे ठाउँमा खिमा देवी लेङ्वालाई लगिएकाे छ । उनी हालै सरुवा भएर स्वास्थ्यमा आएकी हुन् ।
उपसचिव प्रेम महर्जनलाइ स्वास्थ्य सेवा विभाग पठाईएकाे छ । त्यस्तै शाखा अधिकृत साैगात सम्बहाम्फेलाई आन्तरिक प्रशासन शाखा र शाखा अधिकृत अन्जु पाेखरेललाई कर्मचारी प्रशासन र कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत बैकुण्ठराज रेग्मीलाई आयुर्वेद समन्वयमा पठाईएकाे छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस