वीपी प्रतिष्ठानका चिकित्सकविरुद्ध अवहेलना मुद्दा


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकविरुद्ध अदालतको अवहेलना मुद्दा चलाइएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले गरेको आन्दोलनमा संलग्न चिकित्सकविरुद्ध अदालतको अवहेलना मुद्दा चलाइएको हो ।

नवराज विष्टले सर्वोच्च अदालतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा. सूर्यप्रसाद रिमाल एस.पी. रिमाल) समेतविरूद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आन्दोलनरत चिकित्सक एसपी  रिमालसहितलाई  अदालतको अवहेलनामा ७ (सात) दिनभित्र उपस्थित हुन आदेश जारी गरेको छ ।

वीपी प्रतिष्ठानका विवादास्पद उपकुलपति ‘किर्ते’ प्राध्यापक डा. ज्ञानेन्द्र गिरीको डिजाइनमा अवहेलना मुद्दा चलाएको प्रतिष्ठान सुधारको अभियानमा लागेका चिकिसत्सहरूको आरोप छ ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ