फेरि भेटिए नेपालमा ओमिक्रोन संक्रमित
काठमाडौं । नेपालमा फेरि एकजना कोभिड १९ को नयाँ भरिएन्ट ओमिक्रोन संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राकाअनुसार नेपालमा एक ९८ वर्षीय बृद्धमा ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको पुष्टि भएको छ । होम आइसोलनमा रहेका ती ओमिक्रोन संक्रमित मन्त्रालयको सम्पर्कमै रहेको उनको भनाइ छ ।
नेपालमा फेरि एक संक्रमितमा ओमिक्रोन भेटिएसँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या ३ पुगेको छ । यसअघि दुईजनामा ओमिक्रोन देखिएकोमा फेरि १ जना थपिएका हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस