ओमिक्रोन’ लक्षित खोप बन्दै
काठमाडौं । एष्ट्राजेनेकाले कम्पनीले कोभिड १९ को नयाँ ओमिक्रोन भेरिएन्ट रोकथाम तथा नियन्त्रण गर्न सक्ने खोप बनाउने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार ओमिक्रोनविरुद्ध जुध्न सक्ने खालको खोप एष्ट्राजेनेका कम्पनीले उत्पादन गर्न तयारी थालेको हो ।
एष्ट्राजेनिकाले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर संयुक्तरुपमा खोप उत्पादनको काम गरिरहेको कम्पनीले जनाएको छ । सन् २०२२ को सुरुवातसम्ममा ओमिक्रोनविरुद्ध खोप तयार गरिसक्ने लक्ष्य एष्ट्राजेनिकाको रहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस