सिभिललाई डेढ करोडको स्वास्थ्य सामग्री दिने दीपेन्द्र मन्त्री बन्दै

स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली


काठमाडौं । नयाँ बानेश्वरस्थित सिभिल हस्पिटललाई करिब डेढ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने दीपेन्द्र श्रेष्ठ बागमती प्रदेशको पर्यटन मन्त्री बन्न लागेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको हेटौंडामा बसेको बैठकले श्रेष्ठलाई संस्कृति तथा पर्यटनमन्त्रीमा सिफारिस गरेको हो । उनीसहित अन्यमन्त्रीहरुको ५ बजे सपथ ग्रहणको कार्यक्रम रहेको छ ।

आज बागमती प्रदेशको पर्यटनमन्त्री बन्न लागेका सांसद श्रेष्ठको पहलमा सिभिललाई च्वाइस ह्युमनिटेरियन नेपालले कोरोना भाइरस संक्रमित बिरामीको उपचारको लागि अत्यावश्यकीय भेन्टिलेटर, प्रोटेबल युएसजी , इमर्जेन्सी ट्रली, अक्सिजन सिलिन्डर पिपिईलगायतका स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको थियो ।

उनले व्यापारी दीपक मल्होत्राले हडपेको करिब तीन रोपनी जग्गामा डोजर लगाएर सरकारी स्वामित्वमा ल्याएका थिए ।  बुद्धनगरस्थित भूमाफिया जेएन तण्डुकारले हडपेको साढे दुई रोपनी सार्वजनिक जग्गा पनि सार्वजनिक स्वामित्वमा ल्याएका थिए । देवीनगरस्थित भूमाफिया इन्द्र चाम्लिङ र अनामनगरस्थित अन्सिडेटल  पब्लिक स्कूल (ओपिएसले) हडपेको सरकारी जग्गा फिर्ता ल्याउने अभियानमा लागेका प्रदेशसभा सदस्य श्रेष्ठलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

श्रेष्ठसँगै मिलनबाबु श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, बलराम पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री , सन्तबहादुर प्रजा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री, कल्पना नेपाली, स्वास्थ्य राज्यमन्त्री र रजनी अमात्य जोन्छेलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा सिफारिस गरिएको हो ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ