मन्त्री फलाउने झ्याल !


काठमाडौं । बागमती प्रदेश सरकारले केन्द्र सरकारको सिको गर्दै स्वास्थ्य मन्त्रालयमा मन्त्री र राज्यमन्त्री राखेको छ ।

पछिल्लो समय संघीय सकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीसँगै राज्यमन्त्री पनि अनिवार्प रुपमा राख्न थालिएको छ । त्यसको सिको गर्दै राज्यलाई अनावश्यक व्यभार थप्ने गरी बागमती प्रदेश सरकारमा स्वास्थ्य मन्त्रीका साथै राज्यमन्त्री पनि राखिएको हो ।

बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा निमा लामालाई बनाइसकिएको थियो । फेरि हिजो मात्र कल्पना नेपालीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।  संघीयतालाई नै बद्नाम गर्ने गरी प्रदेशमा जम्बो मन्त्रिमण्डल बनाएको भन्दै चर्को आलोचना भएको छ ।

सत्ता गठवन्धनमा सहभागी दलहरुलाई भाग पुर्‍याउन संघीय सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा विरोध खतिवडा र राज्यमन्त्रीमा भवना खापुङलाई नियुक्ति गरिएको थियो । त्यसैको झल्को दिने गरी बागमती प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लामा र राज्यमन्त्रीमा नेपालीलाई नियुक्त गरिएको छ ।

बागमतीमा क्षमताभन्दा बढी मन्त्री र मन्त्रालय बनाउँदा भवनका झ्यालहरूमा मन्त्रालय फल्न थालेको भन्दै आलोचना सुरु भएको छ । एउटै भवनमा झन्डै आधा दर्जन मन्त्रालयको साइन बोर्ड राखिएपछि प्रत्येक झ्यालमा मन्त्रालय रहेको भान हुन्छ । त्यसैलाई सामाजिक सञ्जालमा एक झ्याल एक मन्त्रालय र मन्त्री फलाउने झ्यालका रुपमा चर्चा गरिएको हो ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ