कांग्रेसको वरियतामा शर्मा भन्दा पूर्व स्वास्थ्यमन्त्री थापा अगाडि


काठमाडौं । नेपाली कांग्रेसको वरियतामा महामन्त्री विश्वप्रकाश शर्मा भन्दा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा अगाडि परेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित पूर्व स्वास्थ्यमन्त्री थापा भन्दा पार्टीका पूर्व प्रवक्ता शर्मा पछाडि पारिएका हुन् ।

कांग्रेस प्रवक्ता पार्टी पदाधिकारीको बैठकमा सहभागी हुन पाउँछ । त्यो हिसाबले शर्मा यसअघिको कार्यसमितिमा प्रवक्ताको हैसियतमा पदाधिकारी कै रुपमा काम गर्दै आएका थिए । तर महामन्त्रीमा उनले भन्दा थापाले बढी मत ल्याएकाले वरियतामा अगाडि राखिएको हो ।

शर्मा नेविसंघको अध्यक्ष हुँदा थापा उपाध्यक्ष रहेका थिए । केन्द्रीय कार्यसमितिमा भने शर्मा भन्दा थापा अगाडि प्रवेश गरेका हुन् ।

यता सभापतिमा पराजित डा. शेखर कोइरालालाई २० औं नम्बर वरियतामा राखिएको छ । यसअघि निर्वाचित सभापतिपछि दोस्रो बढी मत ल्याउनेलाई कांग्रेसमा सभापति पछाडिको दोस्रो वरियतामा राख्ने प्रचलन रहँदै आएको थियो । तर, यसपटक सभापति देउवाले पदाधिकारी, पूर्व पदाधिकारी पछाडिको वरियतामा सभापतिमा दोस्रो बढी मत ल्याउने डा. शेखरलाई राखेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ