कोरोनाविरुद्धको पूर्ण खोप लगाउने करोड नाघे


काठमाडौं । नेपालमा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोभिड १९ विरुद्धको पूर्ण मात्रामा खोप लगाएका छन् ।

नेपालका अहिलेसम्म २ करोड ३७ लाख ४० हजार २ सय ९६ जनामा कोरोनाविरुद्धको खोप लगाइसकिएको मन्त्रालयको भनाइ छ  ।  १ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण डोज र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ