स्वास्थ्यमा परिवर्तन गर्ने ‘प्रचण्ड’को रूपरेखा


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनमा पार्टीले लिने स्वास्थ्य , शिक्षाको नीति, योजना र कार्यक्रमको रूपरेखा प्रस्तुत गरेका छन् ।

उनले पेश गरेको ४५ पृष्ठको प्रतिवेदनमा ४४ औं पृष्ठमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी पार्टीको आगामी नीति, योजना र कार्यक्रमको रूपरेखा प्रस्तुत गरेका हुन् ।

स्वास्थ्य, शिक्षामा माओवादी केन्द्रले हेर्ने दृष्टिकोण प्रचण्डले प्रतिवेदनमार्फत सार्वजनिक गरेका छन् ।

यस्तो छ स्वास्थ्यमा प्रचण्डको रूपरेखा

पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै प्रतिवेदनमार्फत प्रचण्डले भनेका छन्, ‘पर्यावरण, विनाश, पृथ्वीको तापक्रममा वृद्धि, जलवायु परिवर्तन, पूँजीवादी उत्पादन प्रणालीले श्रृजना गरेको खानपिन र आहारबिहारको संस्कृति समेतले मनिसहरुको स्वास्थ्यमा घातक असर परिरहेको छ ।’,

उनले अघि थपेका छन्, ‘जसको परिणाम आज नयाँ नयाँ रोगको विकास भइरहेको छ । उच्च रक्तचाप, डायबिटिज, क्यान्सर, मुटुरोग, किड्नी फेल हुने जस्ता रोगहरू गुणात्मक र भयावह रुपले विकास भइरहेका छन् । नयाँ नयाँ रुपमा भाइरस आक्रमण हुने प्रक्रिया र अहिलेको कोरोना महामारीसम्म हेर्दासम्म मानव जातिमाथि नै हमला भइरहेको देखिन्छ ।’,

‘स्वास्थ्य क्षेत्रमा देखा परिरहेका समस्याहरूको सामना गर्न वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नु पर्दछ । मानिसको दैनिक जीवनचार्य, खानपिन, शारीरिक अभ्यास खेलकूद, योगासनलगायत स्वास्थ्य जीवनका निमित्त आवश्यक चेतना अभिवृद्धिका निमित्त ठोस पहल गर्नु पर्दछ । पार्टीका तर्फबाट सबै तहमा स्वास्थ जीवनका लागि आवश्यक ठोस नीति, योजना र कार्यक्रम बनाई आम जनतालाई प्रशिक्षित गर्न जोड लगाउनु पर्छ ।’, प्रचण्डले प्रतिवेदनमार्फत भनेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ