एमसीसीले बढ्यो माओवादी केन्द्रका नेता पोखरेलको ‘प्रेसर’ !
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ । महाधिवेशनको शिलशिलामा एमसीसीलगायतका विषयमा पनि बहस सुरु भएको छ ।
महाधिवेशनस्थालमा सहभागीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाइएको छ । स्वास्थ्य शिविरमा एमसीसीको खरो विरोध गर्दै आएको माओवादी केन्द्रका नेता लिलामणि पोखरेल ‘प्रेसर’ चेक गरिरहेको बेला पत्रकार ऋषि धमला पुगेपछि एमसीसीले प्रेसर बढाएको प्रसंग आएको हो ।
एमसीसीले ‘टेन्सन’ भएपछि प्रेसर बढेको भन्दै हाँसो भएको छ । पोखरेलको प्रेसर १३०/९० पुगेको चिकित्सकले बताएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस