के विश्वमा कोरोना भाइरसको सुनामी आउँदैछ ?


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सुनामी आउने चेतावनी दिएका छन् ।

विश्वभर व्यापक रुपमा कोरोनाको ओमिक्रन र डेल्टाले भेरिएन्ट संक्रमण तीब्र गतिमा फैलिएसँगै डब्ल्यूएचओ उक्त चेतावनी दिएको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस आडानोमगेब्रेससले तीब्र गतिमा कोरोना भाइरसको संक्रमण बढिरहेको औल्याउँदै विश्वमा कोरोना भाइरसको सुनामी आउने चेतावनी दिएका हुन् ।डब्ल्यूएचओ प्रमुख टेड्रोसले एक साताको विश्वव्यापी रुपमा कोरोना संक्रमण बढेको तथ्यांक प्रस्तुत सुनामी आउने चेतावनी दिएका हुन् ।
डेल्टा प्रजातिलाई उछिन्दै ओमिक्रन तीब्र गतिमा संयुक्त राज्य अमेरिका, बेलायतलगायतका देशहरुमा फैलिरहेको भन्दै यी दुबै प्रजाति मिलेर कोरोना भाइरसको सुनामी आउने खतरा डब्ल्यूएचओले औंल्याएको हो ।

पछिल्लो समय यूरोपका फ्रान्स, बेलायत, इटाली, ग्रीस, पोर्चुगलमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । युरोपमा एकै दिन २ लाखभन्दा बढी संक्रमित थपिन थालेका छन् । यो सुनामीको संकेत भएको डब्ल्यूएचओको चेतावनी छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ