पीपीई लगाएर कोशी अस्पतालमा बिरामी हेर्न मन्त्री पुगेपछि …


काठमाडौं । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कोसी कोभिड अस्पतालमा पीपीई लगाएर उपचाररत कोरोना संक्रमित बिरामीको स्वास्थ्य अवस्था बुझ्न पुगेका छन् ।

उनले पीपीई लगाएर चिकित्सकसहित एचडीयू र आईसीयू वार्डभित्र प्रवेश गरी संक्रमितको अवस्था र अस्पतालको सेवाको विषयमा सोधीखोजी गरेका छन् ।

प्रदेश सरकारद्वारा सञ्चालित उक्त अस्पतालको अवस्था र कोभिड १९ संक्रमितलाई दिइने सेवा सुविधाको विषयमा मन्त्री कार्कीले विशेष चासो राखेका हुन् । अस्पताल र चिकित्सकले राम्रो सेवा नदिएको र उपचारमा हेलचेक्र्याइँ हुने गरेको गुनासो आउने थालेपछि आफैं बुझ्न गएको मन्त्री कार्कीको प्रतिक्रिया छ ।

उनले प्रदेश सरकार कोरोना संक्रमितको उपचारमा कमी कमजोरी हुन नदिन र थप संक्रमित आए त्यसलाई व्यवस्थापन गर्न तयार रहेको बताए । त्यसको विषयमा समेत आफूले आवश्यक जानकारी लिएको मन्त्री कार्कीको भनाइ छ ।

मन्त्री कार्कीले चिकित्सकको भेषमा पीपीई लगाएर संक्रमित रहेको बेडमा गई हौसला प्रदान गरेका छन् । उपचारमा कुनै कमी नहुने भन्दै उनले ढुक्क भएर उपचार गराई निको भएर घर फर्कन संक्रमितलाई ढाढस दिएका हुन् ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ