भित्रभित्रै कोभिड- १९ ‘बुस्टर डोज’ खोप लगाउने बढेपछि स्वास्थ्यले गर्‍यो अतिरिक्त डोज दिने निर्णय

कसले पाउँदैछ अतिरिक्त डोज ?


काठमाडौं । कोरोना भाइरसविरुद्ध खोपमा भित्रभित्रै अतिरिक्त डोज लगाउने बढेपछि सरकारले त्यसलाई वैधानिकता दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड-१९ विरुद्धको खोप अतिरिक्त डोज लगाउने बाटो खुला गरेको हो । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीकाअनुसार राष्ट्रिय खोप सल्लाहरकार समितिले गरेको सिफारिशका आधारमा निश्चित समूहमा खोपको अतिरिक्त डोज दिने निर्णय भएको हो।

सरकाले सर्त राख्दै क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्ष माथिका वृद्धवृद्धालाई अतिरिक्त डोज खोप दिने बाटो खुला गरिदिएको हो ।

कोभिशिल्ड, भेरोसेल, र अस्ट्राजेनिका खोपको अतिरिक्त डोज दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर कहिलेदेखि अतिरिक्त डोज दिने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ