विद्यार्थीसँग बढी शुल्क लिने केएमसीमा नेविसंघको धर्ना


काठमाडौं ।  विद्यार्थीसँग अतिरिक्त शुल्क लिने सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपाल विद्यार्थी संघ धर्ना दिएको छ ।

नेविसंघका काठमाडौं विश्वविद्यालय मेडिकल समितिका अध्यक्ष डा. नरेश भट्टको नेतृत्वमा विद्यार्थीसँग बढी शुल्क लिएको आरोप लगाउँदै केएमसीमा धर्ना दिएको हो ।

विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिन नपाइने भन्दै नेविसंघले अतिरिक्त शुल्क फिर्ता गर्न दबाब दिएको छ ।

आयोगविरुद्ध गएर विद्यार्थीमाथि ठगी गर्ने मेडिकल कलेजमाथि आयोगले कारबाही गर्न खुट्टा कमाउन नहुने डा. भट्टको भनाइ छ । आयोगको साथमा नेविसंघ रहेको भन्दै उनले अटेर गर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न पनि चिकित्सा शिक्षा आयोग तयार हुनुपर्ने उनको धारणा छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ