विदेशमा भर्ना भएका मेडिकल विद्यार्थीको इन्टर्नसीप नेपालमै


काठमाडौं । सरकारले चीनलगायतका मुलुकमा भर्ना भएका मेडिकल  विद्यार्थीको बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णय सुनाएका हुन् ।

‘चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्ट्रनसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको हो ।’ सञ्चार मन्त्री कार्कीले भने ,

विदेशमा भर्ना भएर नेपालमै अनलाइन क्लास, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न पाउनु पर्ने भन्दै ती विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले भने यस्तो गरे मेडिकल शिक्षाको गुणस्तर खस्कने बताउँदै आएको थियो । तर सरकारले नेपालमै बसेर अनलाइन क्लासको भरमा डाक्टर बन्ने बाटो खुला गरिदिएको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ