मेडिकल माफियाविरुद्ध ७ विद्यार्थी संगठन एक ठाउँमा


काठमाडौं । विद्यार्थीमाथि ठगी गर्ने मेडिकल माफियाविरुद्ध ७ विद्यार्थी संगठन एक ठाउँमा उभिएका छन् ।

मेडिकल विद्यार्थीलाई वातावरण सहज भर्ना र पठनपाठन नगराए मेडिकल कलेजविरुद्ध आन्दोलन गर्ने ७ विद्यार्थी संगठनको घोषणा छ ।

 

काठमाडौं मेडिकल कलेज, सिनामंगल, नोवेल मेडिकल कलेज, मोरङ र मणिपाल मेडिकल कलेज, कास्कीले  लाखौं रुपैयाँ नाजायज शुल्क लिएको र विद्यार्थीहरू आन्दोलित भएकोप्रति संयुक्त विद्यार्थी संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल छैठौं, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियूलगायत ७ विद्यार्थी जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा ‘चिकित्सा शिक्षाका विद्यार्थीहरूको जायज मागहरूमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरूलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौं, अन्यथा विद्यार्थीहरुको पक्षमा संयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यसबाट उत्पन्न हुने परिणाम स्वयं भोग्नु पर्ने छ भन्ने जानकारी पनि यसै प्रेस विज्ञप्तिमर्फत जानकारी गराउँदछौं’, भन्ने उल्लेख छ ।

चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएको गुनासो आएपछि विभिन्न सात विद्यार्थी संगठनहरुले विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ