कोरोना आइसोलेसन खोलेको रत्नराज्य स्कुलमा मन्त्री दीपेन्द्र पुगेपछि…

सिभिल अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री दिँदा मिडियाले पत्याएनन् !


काठमाडौं । कोरोना आइसोलेसन खोलेको रत्नराज्य स्कुलमा पुगेर बागमती प्रदेश सरकारका नवनियुक्त संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले आइसोलेसन खोल्दाको क्षण सम्झिएका छन् ।

देशमा डेल्टा भेरिएन्टले गर्दा कोरोनाको महामारी थेगिनसक्नु थियो । अक्सिजन नपाएर मान्छे ठाउँको ठाउँ ढलिरहेका थिए । त्यो बेला काठमाडौं क्षेत्र नम्बर १ (क) बाट बागमती प्रदेशमा निर्वाचित सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा काठमाडौंको मध्य बानेश्वरमा रहेको रत्नराज्य स्कुलमा कोरोना आइसोलेसन खोलेर संक्रमितलाई निःशुल्क सेवा दिइएको थियो । उनले त्यो क्षण स्मरण गर्दै भने, ‘कोरोनाका कारण हस्पिटलहरूले समेत अक्सिजन दिन नसकेका बेला रत्नराज्य स्कुलमा खेलेको आइसोलेसनबाट अक्सिजन घर-घरमा लाने वातावरण पैदा गरेका थियौं।’, आइसोलेसनमा समेत अक्सिजन फ्याला फ्याल हुने गरी व्यवस्थापन गरिएको क्षण उनले सम्झिए।

त्यो बेला नवनियुक्त पर्यटनमन्त्री दीपेन्द्रको पहलमा बानेश्वरको रत्नराज्य स्कुल र बुद्धनगरमा सुशील कोइराला मेमोरियल आइसोलेसन सञ्चालनमा ल्याएर कोरोना संक्रमितलाई निःशुल्क सेवा दिइएको थियो । त्यही विषयमा आज रत्नराज्य स्कुलमा चर्चा भएको हो ।

दीपेन्द्रको पहलमा च्वाइस ह्युमनिटेरियन नेपाल नामक संस्थाले नयाँ बानेश्वरको सिभिल अस्पताललाई डेढ करोड भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।  सहयोगी मन र मानवीय भावना भएका संस्थाका प्रतीक शर्माको समेत उनले खुलेर प्रशंसा गरे ।

सिभिल अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री दिँदा मिडियाले नपत्याएको प्रसंग सुनाउँदै पर्यटनमन्त्री  श्रेष्ठले भने, ‘सिभिल अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री दिँदा मिडियाले कहाँ सरकारले दुई करोड दिएको तपाईंले डेढ करोड भनेर पत्याउँदै पत्याएनन्, कार्यकारी विधाननिधि पौडेललाई सोध्नुहोस् न भनेपछि उहाँहरुलाई सोधेपछि मात्र सयौं मिडियामा होडबाजी भयो, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको पहलमा यस्तो गर्‍यो भनेर समाचार आयो ।’,

पर्यटनमन्त्री श्रेष्ठले एक नम्बर क्षेत्रमा १२ रोपनी भूमाफियाले हडपेको जग्गा सरकारको नाममा ल्याएको बताए ।  उनले मन्त्री भएपछि राज्यलाई कसरी योगदान दिन सकिन्छ भनेर आफूलाई निद्रा समेत लाग्न छाडेको सुनाए ।  सांसद हुँदा प्रधानमन्त्री हिँड्ने बाटो पुतलीसडकको बाटोमा ढल व्यवस्थापनदेखि जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा आफूले काम गरेको मन्त्री श्रेष्ठको भनाइ छ ।

सांसदको जस्तै सफल र सक्रिय भूमिका मन्त्रीको रुपमा निभाउने र सम्झन लायक कार्यकाल बनाउन दिनरात  नभनी काम गर्न आफू तयार रहेको पर्यटनमन्त्री श्रेष्ठ सुनाउँदै हिँड्न थालेका छन् ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ