स्वास्थ्य सचिवमा रिता जोशी


काठमाडौं । सरकारले सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा रिता जोशीलाई नियुक्त गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जोशीलाई मंगलबार सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा नियुक्त गरेको हो । उनलाई सचिव बनाउँन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सकारात्मक भुमिका खेलेको थियो ।

केही समय अगाडी मात्रै जोशी संघिय स्वास्थ्य तथा जनसंख्याको समन्वय महाशाखा प्रमुख थिइन् । स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा आएपछि उनको स्थानमा डा संगिता कौशल मिश्रालाई ल्याएपछि उनि फाजिलमा थिइन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ