पूर्व स्वास्थ्य सचिवसँगै रक्षा ताकेका राउतलाई सिआईबीको अड्चन !


काठमाडौं । पूर्व स्वास्थ्य सचिव लक्ष्मण अर्यालसँगै रक्षा सचिव  ताकेका कृष्ण बहादुर राउतलाई  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को अड्चन आउन सम्भावना बढेको छ ।

ललिता निवास बालुवाटारको जग्गा प्रकरणमा सिआईबीले आजै सचिवमा बढुवा हुन लागेका राउतमामाथि मुद्दा चलाउन लागेको सिआईबी उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

सहसचिव राउतसहित मुकुन्द निरौला र रामेश्वर दंगालको सचिव बढुवाका लागि सिफारिस भएको छ । रक्षा सचिवमा जान बढुवाको उच्च सम्भावना रहेका राउत र अर्यालबीच दौडधुप छ । तर सिआईबीले भने पूर्व गृह सचिव नारायण गोपाल मलेगोसहित उनीमाथि पनि मुद्दा चलाउन खोजेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा हिनामिनामा मुद्दा नचलाएका जगन्नाथ पनेरू, कृष्णबहादुर राउत, सञ्जय शाह, अच्युतानन्द पोखरेल, डबलसिंह ठगुन्ना, रामकुमार घिमिरे, कृष्णराज अर्याल, पुरुषोत्तम पौडेल, बद्री सुवेदी, मीना भट्टराई, वासुदेव पौडेल, पुण्डरी केसी, प्रेमहरि ढकाल, विश्वविनय पन्त, प्रशान्त पौडेल र लीलामणि पौडेलमध्ये अधिकांश सिआईबीको छानबिनको दायरामा परेको सिआईबी उच्च स्रोतको दाबी छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ