केएमसीलगायतका मेडिकल कलेजको सम्बन्धन खारेज हुने


काठमाडौं । सरकारले बढी शुल्क असुल्ने मेडिकल कलेजको सम्बन्धन खारेज हुने चेतावनी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो ।

सरकारले दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानुनी रूपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क)मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने व्यवस्था रहेकाले नोबेल, केएमसी, मणिपाललगायतका मेडिकल कलेजहरूको सम्बन्धन खारेज हुने सम्भावना बढेको छ । आज पनि नोबेल, केएमसी र मणिपाल शिक्षण अस्पतालमा बढी शुल्क लिएको विषयमा विवाद, तोडफोड र तालाबन्दीलगायतका घटना भएको छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ