स्वास्थ्य लाइभ प्रभाव

वीपीका अर्थोपेडिक्स विभाग प्रमुख श्रेष्ठसँग जवाफ मागियो


काठमाडौं ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका अर्थोपेडिक्स विभाग प्रमुख (एचओडी) विक्रम प्रसाद श्रेष्ठले निश्चित ब्रान्डको औषधि सिफारिस गरेको विषयमा जवाफ माग गरिएको छ ।

‘वीपीको अर्थोपेडिक्स विभाग प्रमुख श्रेष्ठ औषधि कमिसन चक्करमा लागेको खुलासा’ शीर्षकमा स्वास्थ्य लाइभमा छापिएको समाचारलाई लिएर जवाफ मागेको खुल्न आएको छ ।

जानकारी गराउन हुन बारे भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाहले श्रेष्ठलाई पत्र काटेका हुन् ।

‘२०७८ साल पुस ४ गत आइतवार स्वास्थ्य लाइभ पत्रिकामा प्रकाशित ‘वीपीको अर्थोपेडिक्स विभाग प्रमुख श्रेष्ठ औषधि कमिसन चक्करमा लागेको खुलासा’ भन्ने छापिएको समाचारप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा यथार्थ के हो ?  अबिलम्ब सत्यतथ्य जानकारी गराउनु हुन निर्देशाअनुसार अनुरोध गरिन्छ ।’, वीपी प्रतिष्ठानका अर्थोपेडिक्स विभागका प्रमुख श्रेष्ठलाई काटिएको पत्रमा भनिएको छ ।

अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ मा ब्रान्ड तोकेर औषधि सिफारिस गर्न निषेध गरेको छ । तर श्रेष्ठले अर्थोपेडिक्स टिमको गोप्य च्याटमा खास ब्रान्डको औषधि प्रेसक्रिप्सन (सिफारिस) गर्न अर्थोपेडिक विभागमा कार्यरत चिकित्सकहरुलाई भनेको तथ्य स्वास्थ्य लाइभले प्राप्त गरेको थियो ।

विभागीय प्रमुख श्रेष्ठले मातहतका चिकित्सकलाई सेलाक्याल/सेलाक्याल यच डी ब्रान्डको क्याल्सियम, एनाल्जेसिक -एनासें २५० र ५०० एमजी ,प्यान्टप्राजोल-प्यान्टोप ४० एमजी ,नयूराल्जिक रिग्याब-एम ७५०/१५००, भिटामिन डी- सेफ्रोल ६० के प्रेसक्राइब गर्न आग्रह गरिएको छ । त्यस्तै इन्जेक्सन ट्राइमकोलोन- ट्राइकोर्ट १० यमजी र ४० एमजी, पोभिड़ोंन आयोडिन-सेप्टीडीन १०%, ट्रीपसिन काइमोट्रिप्सिन् – काइमोसिन / काइमोसिन फोर्ट औषधिको ब्रान्ड नै तोकेर सिफारिस गर्न च्याटमा भनेको देखिन्छ ।

श्रेष्ठले स्वास्थ्य लाइभको समाचार खण्डन गर्दै औषधिको ब्रान्ड तोकेको स्वीकार गरेका थिए । यो कानुनविपरीतको कार्य हो ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ