स्वास्थ्य लाइभ फलोअप
नारायणहिटीभित्र कफीसप काण्डमा छानबिन समिति
काठमाडौं । मणिपाल मेडिकल कलेजमा विवादास्पद तरिकाले छिरेको बतास समूह नारायणहिटी प्रकरणमा छानबिनको दायरामा आउने भएको छ ।
नारायणहिटी दरबार संग्रहालयभित्र कफीसप बनाउन अवैध संरचना निर्माण गर्ने बतास समूहलाई छानबिन गर्न संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले समिति बनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
सहसचिव लुईटेल संयोजकत्वको छानबिन समितिमा उपसचिव टेकनारायण पौडेल, कानूनका उपसचिव पुरुषोत्तम खतिवडा आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्य गौतम सदस्य र टंक बहादुर नेगी सदस्य सचिव रहेका छन् । उक्त समितिलाई तीन दिनभित्र रिपोर्ट पेश गर्न मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री आलेले निर्देशन दिएका हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस