डा मंगल रावललाई दिएको अन्तरिम आदेश विरुद्ध सरकार भ्याकेटमा गयो


काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको विषयमा पाटन उच्च अदालतको आदेश विरुद्ध सरकार भ्याकेटमा गएको छ । गत २९ गते पाटन उच्च अदालतले स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले प्रतिष्ठानका पदाधिकारीलाई कामकाजमा रोक लगाएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

लामो कानुनी परामर्श पछि सरकार भ्याकेटमामा गएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सरकारको निर्णय मान्नुको अलवा अदालत गएपछि त्यसको विरुद्ध हामी भ्याकेटमा गएका हौ ।

अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भएको निर्णय सुविधा र सन्तुलनको सिद्धान्तका आधारमा अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नू, नगराउनू यथास्थितिमा राखी कार्य सुचारू गर्न दिनू भनी पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतमा विचाराधीन रिटको विषयमा कुनै उल्लेख नभएको र उपकुलपति डा. मंगल रावलको स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ मा उल्लेखित योग्यता तथा अनुभव नै नपुगेकाले भ्याकेटमार्फत अन्तरिम आदेशलाई सहजै खारेज गर्न सकिने मन्त्रालय स्रोतको बुझाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ