इनरुवा अस्पतालमा २२ जनालाई रोजगारीको अवसर


काठमाडौं । सुनसरीको इनरुवा अस्पतालले २२ जनालाई रोजगारी दिने भएको छ ।

अस्पतालले २२ जनालाई करार सेवामा रोजगारी दिने सूचना निकालेको हो ।  अस्पतालले करार सेवामा रेडियोग्राफरदेखि सहायक कम्प्युटर अपरेटरसम्मको जनशक्ति करार सेवामा मागेको छ ।

इनरूवा अस्पतालले ५ औं तहको रेडियोग्राफर ३ जना, ल्याब टेक्निसियन ३ जना, फार्मेसी सहायक ५ जना, हेल्थ असिस्टेन्ट ४ जना करार सेवामा मागेको हो । त्यस्तै ४ तहको ल्याब असिस्टेन्ट १ जना, अ. हे. ब. २ जना र सहायक कम्प्युटर अपरेटर ४ जना जनशक्ति करार सेवामा भर्ना गर्न विज्ञापन गरेको छ ।

अस्पताल विकास समितिको निर्णयानुसार ती जनशक्ति लिने सूचनामा उल्लेख छ । १५ दिनभित्र इनरुवा अस्पतालको प्रशासनमा गएर दरखास्त पेश गर्न सकिन्छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ