पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलगायत सम्मानित


काठमाडौं ।  स्वास्थ्य राज्यमन्त्री जिम्मेवारी सम्हालेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, ओम अस्पतालका अध्यक्ष आनन्द श्रेष्ठलगायत सम्मानित भएका छन् ।

जनपयोगी बचत तथा ॠण सहकारी संस्थाको १२ औं साधारण सभामा अवसरमा संस्थाले सेयर सदस्यको हैसियतमा राज्यको महत्वपूर्ण जिम्मेवारीमा पुगेका व्यक्तिहरुलाई सम्मान गरेको हो ।

संस्थाले पूर्व उप-प्रधानमन्त्री एवं सङ्घीय सांसद प्रकाशमान सिंह हातबाट राज्यमन्त्री उमेश श्रेष्ठ, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, ओम अस्पतालका अध्यक्ष आनन्द श्रेष्ठ, विज्ञान तथा प्रविधि सचिव सुरेश आचार्य, सचिव कृष्ण बहादुर राउतलगायतलाई सम्मान गरेको छ । संस्थाकी सेयर सदस्य राधिका श्रेष्ठलाई एमफिल गरेकोमा पनि संस्थाले सम्मान गरेको सचिव रोशन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका श्रेष्ठले खोप व्यवस्थापन लगायतका विषयमा धारणा राखेका थिए भने पर्यटनमन्त्री श्रेष्ठले बागमती प्रदेशमा पर्यटन क्षेत्रको विकास र विस्तारको विषयमा आफ्नो कुरा राखेका छन् । संस्थाको वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालालगायतको पनि उपस्थिति रहेको थियो ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ