नेपाल जनस्वास्थ्य संघको नेतृत्व अधिकारीकाे पाेल्टामा: कानुनको दुरुपयोग गर्ने श्रेष्ठ पाखा लागे


काठमाडौं । जनस्वास्थ्यकर्मीहरुको छाता संगठन नेपाल जनस्वास्थ्य संघको नयाँ नेतृत्व बसन्त अधिकारीकाे पाेल्टामा पुगेकाे छ । बर्षाै देखिकाे पेशागत समुहको एकाधिकार ताेड्दै प्रगतिशील समुहका अधिकारीले आफ्नाे पाेल्टामा पार्न सफल भएका छन् ।

नयाँ कार्यसमितिका लागि पुस २४ गते निर्वाचन भएकाे थियाे । निर्वाचनमा पेशागत समुहको नेतृत्व गरेका महेश्वर श्रेष्ठलाई पछार्दै पेशागत समुहकाे नेतृत्व गरेका वसन्त अधिकारीले कब्जा गर्न सफल भएका छन् ।

प्रगतिशिल समूहका अधिकारीले पेशागत समूहका महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै नेतृत्व आफ्नाे कब्जामा लिएका छन् ।

अधिकारीले ५९२ मत ल्याएका छन् भने श्रेष्ठले ५६५ मत ल्याएका छन्। यस्तै, महासचिवमा सागर दाहाल निर्वाचित भएका छन्। दाहालले प्रतिस्पर्धीभन्दा १२० मत बढी ल्याएर जित हासिल गरेका छन्। दाहालको ६४६ मत आएको छ भने उनका प्रतिस्पर्धी कैलाश खाकी श्रेष्ठको ५२६ मत आएको छ।

उक्त निर्वाचन माओवादी र नेपाली कांग्रेस निकट जनस्वास्थ्यकर्मीबीच तीब्र प्रतिस्पर्धा भएकाे थियाे । माओवादी निकट अधिकारी र कांग्रेस निकट श्रेष्ठ हुन् ।

पेशागत समूहबाट उमेदवार बनेका महेश्वर श्रेष्ठ पटकपटक विवादमा आएका व्यक्ति हुन् । तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ हुँदा शक्तिको आडमा लुम्बिनी प्रदेश समायोजन भएका श्रेष्ठ संघमा आएका थिए । जुन कानुनको ठाडो दुरुपयोग थियाे।

गत साउन २९ गते लुम्बिनी प्रदेशमा कार्यरत स्वास्थ्य शिक्षा समूहका श्रेष्ठलाई तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नचाहँदा नचाहँदै गृहमन्त्री बालकृष्ण खाँणको दबाबमा संघमा ल्याउनु परेको थियो ।
यति मात्रै हैन महेश्वर श्रेष्ठले आफू समायोजन भएको प्रदेशमा नगएर मालदार अड्डा खोज्ने क्रममा १२ कात्तिकमा पुन बागमती प्रदेशमा स्वास्थ्य निर्देशनालयको निर्देशकको जिम्मेवारी लिए ।

प्रदेशमा समायोजन भएको कर्मचारी संघमा तान्न लगाएर संघबाट पुन: अन्तर प्रदेशमा गएर कानुनविपरीत निर्देशकको जिम्मेवारी लिने सम्भवतः श्रेष्ठ पहिलो व्यक्ति हुन् ।

समायोजन ऐन विपरीत उनी बागमती प्रदेश पुगेका हुन् । उनीको दरबन्दीअनुसारको पद त्यो हैन । श्रेष्ठले बाग्मती प्रदेश तालिम केन्द्रको प्रमुखमा पनि आफ्नो श्रीमती बनाएको आरोप लागेको थियाे ।  ११ तहको प्रमुख हुनुपर्नेमा श्रेष्ठले दश/एघारौं तहका पब्लिक हेल्थका कर्मचारी हुँदाहुँदै आठौं तहकी श्रीमतीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका थिए ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ