२५ जना भन्दा बढी भेला हुन नदिने स्वास्थ्यको तयारी
काठमाडौं । कोरोना त्रास बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन नदिने तयारी थालेको छ ।
कोभिड १९ को ओमिक्रोन भेरिएन्ट फैलिएसँगै स्वास्थ्य मन्त्रालयले उक्त तयारी थालेको हो । उपत्यकाका सिडिओहरुले भिडभाड हुने ठाउँमा कडाईं गर्ने छलफल सुरु गरेलगत्तै स्वास्थ्य मन्त्रालयल पनि आफ्नो तयारीमा जुट्न थालेको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार १५ जना भन्दा बढी भेला हुन नदिने गरी निर्णय गर्ने तयारी भइरहेको छ । आजै त्यो निर्णय हुन सक्ने सम्भावना रहेको मन्त्रालय स्रोतको भनाइ छ ।
सिडिओहरुले कडाईं नगरे पनि मन्त्रालयले आफ्नो तयारी गर्न लागेको मन्त्रालय स्रोतले बतायो । लकडाउन गर्ने भन्दा सुरुमा भिडभाड नियन्त्रण गर्नतर्फ उपत्यकाका सिडिओ र स्वास्थ्य मन्त्रालयको तयारी देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस